Logo

२९ वैशाख,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाललाई मातृशोक परेको छ । उनकी आमा कमलामोहन राजपालको आज निजी निवासमै निधन भएको हो ।

कमलामोहनको ८७ बर्षको उमेरमा आज निधन भएको हो । झण्डै दुईमहिनादेखि मष्तिष्कघातबाट पीडित उनको शरीरको एकतर्फको भाग नै पक्षघातको पनि समस्या थियो ।

उनको भोली बिहान १० बजे शवयात्रा सहित अशोक वाटिका श्मसान घाटमा हिन्दु धार्मिक संस्कार अनुसार अन्त्यष्टि गरिने छोरा माधव राजपालले जनाए । उनका ६ भाई छोरा छन् ।

कोईला र निर्माण सामग्रीको व्यावसाय गर्दै आएको कम्पनी कमला मोहन इन्टर नेशनल उनकै नामबाट सञ्चालित रहेको छ ।


सम्बन्धित समाचार