Logo

३० वैशाख, काठमान्डौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो ।

वैवाहिक बलात्कारको आरोप लगाउँदै श्रीमतीले चैत्र २० गते प्रहरीमा उजुरी दिएकी थिइन् । ओड सांगीतिक कार्यक्रममा देश बाहिर हुँदा तत्काल पक्राउ परेका थिएनन् ।

नेपाल आएलगत्तै उनी आफै इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गायक ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार