Logo

३० वैशाख, वीरगञ्ज । विश्वभरिमा स्वस्थ र संक्रमणमुक्त समाज निर्माणका लागि जोखिम मोलेर कार्यक्षेत्रमा खटिने नर्सहरुको सम्मानमा अन्तराष्ट्रिय नर्सिङ दिवस नेपालमा पनि सचेतनामूलक कार्यक्रम गरी मनाईँदैछ ।

’नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

नर्सिङ बिभाग अन्तर्गत बिभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुका तर्फबाट कबिता बाचन, गायन , नृत्य र प्रहसन लगायतका बिबिध मनोञ्जनात्मक कायक्रमहरु पनि प्रस्तुत गर्ने गरिन्छ ।

नेपालमा नर्सिङको ईतिहास विसं २०१३ बाट शुरु भएको देखिन्छ । राणाकालमा चारजना नेपाली चेलीहरु विधावती कंसाकार, राधा देवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको ईतिहास छ ।

अरुलाई स्वस्थ्य बनाउन जोखिम मोलेर सेवामा खटिने स्वास्थ्य परिचारिकाको सम्मान वर्षको हरेक दिन नै गरिनुपर्छ । हरेक महामारीको समयमा आजको दिनलाई महत्व दिने गरिन्छ ।

रातीको समयमा टुकी वालेर पनि विरामीहरु भएको ठाँउमा पुग्ने संसारकै पहिलो नर्स फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिवसको अवसरमा मे १२ लाई विश्वभरीमै ‘अन्तराष्ट्रिय नसिर्ङ दिवस’को रुपमा मनाईँदै आएको छ ।

१९औ शताब्दीमा ‘क्रिमियन वार’ हुदाँ फ्लोरन्स नाइटिङ्गेल लगायतका नर्सहरुले युद्धबाट घाइते भएका सैनिकहरुलाई सेवा गरे, त्यो बेला नर्सहरुको लगाव र क्षमता देखेर समग्र विश्व नै चकित भएको थियो ।

त्यस्तै कोरोना भाइरस कोभिड १९ को महामारी चलिरहदाँ प्रत्येक नर्सहरुले फ्लोरेन्स नाइटिङ्गेलकै इच्छाशक्ति लिएर लडेका थिए ।

सन् १९६५ देखि अन्तर्राष्ट्रिय नर्स परिषद्ले आजको दिनलाई अन्तराष्ट्रिय नर्सिङ दिवसको रुपमा मनाउन थालेको हो ।

नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष माघ १५ गते मनाउने गरीएको छ ।

हरेक महामारी र अन्य दिनमा पनि अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा अहोरात्र खटिने सम्पूर्ण नर्सहरुलाई आजको यो दिवसको शुभकामना छ । यहाँहरुको योगदान, तपस्याको हामीले भुल्ने छैनौं । शुभकामना साथै धन्यवाद विश्वका सम्पूर्ण नर्सहरुलाई ।


सम्बन्धित समाचार