Logo

३० बैशाख,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी आज पनि जारी । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको १७औँ स्थायी कमिटी बैठक बसिरहेको हो ।

हिजोदेखि सुरु भएको बैठकमा आज पनि नेताहरूले आआफ्नो धारणा राख्ने एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राख्नुभएको र महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेन्डाबारे जानकारी गराएका थिए ।

यस्तै, बैठकमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आफ्ना कुरा राखेका थिए । आज बाँकी नेताहरूले मन्तव्य राख्ने कार्यक्रम छ ।

 


सम्बन्धित समाचार