Logo

३० वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले ९५० लिटर घरेलु मदिरा नष्ट पारेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवाचोकबाट प्रहरीले मदिरा बरामद गरेको थियो ।

हेटौडाबाट वीरगञ्जतर्फ आएका सार्वजनिक सवारी साधनहरूमा घरेलु मदिराहरु अवैध रुपले ल्याउँदै गरेको सूचना प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङ टोलीले उक्त मदिराहरु नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए ।

बरामद मदिरा पर्सा प्रहरी परिसरको खाली जग्गामा नष्ट गरिएको उनले बताए ।


सम्बन्धित समाचार