![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/05/uml-mantri-rajinama.jpg?fit=1080%2C607&ssl=1)
३० वैशाख,वीरगञ्ज । मधेश सरकारबाट एमालेका ६ मन्त्रीले बाहिरिएका छन् । प्रदेश मुख्यमन्त्री सरोज कुमार यादवलाई एमालेका ६ जना मन्त्री आज राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको नाममा एक पत्र लेख्दै एमालेबाट सहभागी सबै मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री यादवलाई एमालेका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, शत्रुद्दन सिंह, प्रमोद कुमार जैसवाल, केशव राय, र शारदा थापाले हस्ताक्षरमा राजीनामा बुझाएका हुन् । यसमा २ जना राज्यमन्त्री छन् ।