Logo

३० वैशाख,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित उद्योग वाणिज्य संघको सभा कक्षमा अन्तरक्रिया एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको अध्यक्षता तथा बारा प्रहरी उपरीक्षक महेन्द्र खडका प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वक्ताहरुले किसानको लागि बिउ, मल औषधि उपलब्ध, भन्सार ब्यवस्थापन, अपराधी उम्कन नपाओस्, मिटरब्याजीहरुमाथि अनुसन्धान गर्नुपर्ने, जिल्लामा तस्करी नियन्त्रण गर्नुपर्ने लगायतमा जोड दिएका छन् । वक्ताहरुले उठाएका प्रश्नहरुबारे जवाफ दिँदै प्रहरी उपरीक्षक खड्काले यहाँका कतिपय समस्याहरु राज्य सरकारले हेर्ने भएकाले आफूहरु समन्वय गरेर अघि बढ्दे बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेश सदस्य विद्यायक राजपती देबी साह, सिम्रौनगढका नगर प्रमुख किशोरी साह कलवार, उपमेयर नज्मु शेहर, वडा नम्बर ४ का अध्यक्ष अवधेस सहनी, उद्योग वाणिज्य संघ सिम्रौनगढका पूर्व अध्यक्ष जयन्त कुशवाहा लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ सिम्रौनगढले बारामा भर्खर आएका एसपी खड्कालाई फूल माला लगाएर दोसल्ला ओढाएर सम्मानित गरेको थियो ।


सम्बन्धित समाचार