Logo

३१ वैशाख, वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष एंवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बारा जिल्ला आउने कार्यक्रम स्थगित भएको छ ।

उनको स्वास्थ्यमा समस्या आएको कारण बारा आउने कार्यक्रम रद्द गरिएको जनाइएको छ ।

बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न उनी आज  बारा आउन लागेका थिए ।

उनी नआउने भएपछि प्रशासकीय भवनको उद्घाटन कार्यक्रम पनि स्थगित भएको प्रसौनी गाउँपालिकाले जनाएको छ ।

अब उक्त भवनको उदघाटन यहि जेष्ठ ४ गते शुक्रबार विहान ११ बजे हुने निश्चित गरीएको छ ।

कार्यक्रम स्थगित गरिएको सूचना : 

 


सम्बन्धित समाचार