Logo

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । आज दिउँसोका लागि तय गरिएका दुवै बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

आज स्थगित भएको संसदीय दल कार्यसमितिको बैठक जेठ १ गते बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने कांग्रेसले जनाएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।

बैठकले जेठ १ गते संसदमा पेस गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गर्दै आएको छ ।

कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग भएको छलफल सकारात्मक रहेको बताएको छ ।


सम्बन्धित समाचार