Logo

३१ वैशाख,काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल केन्द्र सरकारबाट बाहिरिएको छ ।
जसपा नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । यस्तै वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले समेत राजीनामा दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका उपप्रधानमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जनाए ।मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादवले राजीनामा दिएका हुन् । जसपा नेपालमा विभाजन आएपछि यादव सरकारबाट बाहिरिने चर्चा

चलिरहेको थियो भने आइतबार बसेको कार्यकारिणी समितिको बैठकबाट सरकारबाट बाहिरिने औपचारिक निर्णय भएको थियो ।


सम्बन्धित समाचार