Logo

३१ वैशाख,काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाएको छ।

पार्टीका एक पदाधिकारीका अनुसार सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुंगो लागेको बताइएको छ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको छ ।उपेन्द्रको ठाउँमा पार्टी फुटाउन महत्वपूर्ण भूमिका खेलेका प्रदीप यादवलाई पठाईएको छ ।


सम्बन्धित समाचार