Logo

तस्बीर : आरजु देवकोटा

०१ जेठ, वीरगञ्ज । नेपाल बीमा प्राधिकरणको ५६ औं स्थापना दिवसको अवसरमा आज वीरगञ्जमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

वीरगञ्जको घण्टाघरबाटबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै नगरको विभिन्न भाग परिक्रमा गरेको छ ।

कठिन परिस्थितिमा पनि सुरक्षित र सुन्दर भविष्यका लागि बीमा गरौं सुरक्षित रहौं, सम्भावित क्षतिबाट बच्न बिमा गरौं, बिमालेख ध्यान दिएर पढ्ने बानी गरौं, ‘बीमाले दिने नदिने सुविधाहरु बरे जानकारी प्राप्त गरौं’, जीवन बीमाको आवश्यकता अनिवार्य बचत र आर्थिक सुरक्षा लगायतका सन्देश सहितका अंकित प्लेकार्ड तथा ब्यानर बोकेर प्रभातफेरी निकालिएको छ ।

उक्त प्रभातफेरीमा नेपाल लाईफ ईन्स्युरेन्स, प्रभु ईन्स्युरेन्स, ईनाईटेड अजोड, शिखर, नेशनल ओरियन्टल लगायतका ईन्स्युरेन्स कम्पनीका पदाधिकारी तथा कर्मचारहरूको सहभागिता रहेको थियो ।

सहकर्मी आरजुले क्यामरामा कैद गरेका तस्बीरहरु :


सम्बन्धित समाचार