Logo

१ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ गहवास्थित एक विद्यालयमा बिजुली बत्ती जडान गरेको छ । श्री माइस्थान बाल विद्या मन्दिर इन्दु लाखे निम्न माध्यमिक विद्यालयमा बिजुली बत्ती जडान गरेको हो ।

उपकार सेवा नेपाल नामक संस्थाको आर्थिक सहयोगमा विद्यालयको १० वटा कोठामा वाइरिङ्ग गराएर बिजुली बत्त िजडान गरेको सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिए । शिशु कक्षादेखि ८ सम्मका ३२५ जना विद्यार्थीहरुलाई अध्यारो कोठामा पठनपाठन गर्न समस्या भइरहेकाले सोहीलाई मध्यनजर गर्दै बत्ती जडान गरेको उनले बताए ।

विद्यालय प्राङगणमा एक कार्यक्रमको आयोजना गरी संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सदस्यद्वय सुमन बगेडिया र अंकुर शर्माले प्रधानाध्यापक रामाधार प्रसाद साहलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका, स्थानीय भद्रभलादमी तथा बालबालिकाहरु समेतको उपस्थिति रहेको थियोे ।


सम्बन्धित समाचार