Logo

१ जेठ,वीरगञ्ज । पर्सा प्रहरीले २१ बैशाखमा चितवनबाट बीरगन्जतर्फ आउँदै गरेको यात्रुबाहक बसबाट लागु औषध गाँजासहित २ जना महिलालाई पक्राउ ग¥यो । बीरगन्ज महानगरको वडा नम्बर २१ बाट ना ४ ख ५९३७ नम्बरको बस जाँच गर्दा प्रहरीले १० किलोग्राम गाँजा फेला पा¥यो ।

प्रहरीले लागु औषध गाँजासंगै त्यही बसबाट मकवानपुर निवासी इन्द्रकुमारी चेपाङ र फुलमाया स्याङबोलाई नियन्त्रणमा लियो । प्रहरीको सोधपुछ दुबैजनाले लागुऔषध आफ्नो रहेको स्वीकारेपछि प्रहरीले लागु औषध सम्बन्धी मुद्दामा अनुसन्धान चलाइरहेको छ ।

यो घटनाको ५ दिन अगाडि अर्थात् बैशाख १६ गते लागु औषध गाँजा तथा खैरो हिरोइनसहित भारतीय नागरिकलाई पक्राउ ग¥यो । बीरगन्जको इनर्वाबाट जाँचको क्रममा भारतीय नागरिक पासवानलाई ४९ ग्राम खैरो हिरोइन र ८८८ किलोग्राम गाँजासहित नियन्त्रणमा लियो । पक्राउ परेका पासवानमाथि प्रहरीले लागुऔषधसहित अन्य मुद्दामा पनि अनुसन्धान चलाइरहेको छ ।

यी दुइवटै घटना पनि बैशाख महिनाकै हुन् । वैशाख महिनाको मासिक प्रगती विवरण प्रहरीले सार्वजनिक गरिरहँदा जिल्ला भने लागु औषध कारोवारको हब बन्दै गएको डरलाग्दो तथ्यांक देखिएको छ ।
जिल्लामा लागु औषधको बेचबिखन, उत्पादन तथा खेती नभए पनि धेरै परिमाणमा लागु औषध बरामद भइरहेका छन् ।

यसरी प्रतिबन्धित ट्याब्लेटस तथा लागु औषध गाँजा पछिल्लो एक महिनामा धेरै परिमाणमा बरामद भएको प्रहरी तथ्यांकले जिल्लाको समग्र अवस्थाको चित्रण मात्रै गरिरहेको छैन, लागु औषध ओसारपसारको हब बन्दै गइरहेको पुष्टि हुन्छ ।
यो तथ्यको अरु निकायले गरेका होइनन्, पर्सा प्रहरीले सार्वजनिक गरेको विवरणबाट प्रमाणित भइरहेको छ । जहाँ प्रहरीले चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै धेरै परिमाणमा लागु औषधहरु बरामद गरेको छ । ती आँकडाहरु यस्ता छन् ।

बैशाखमा कति ?
यो वैशाख महिनामा १५ किलो गाँजा, ५७ दशमलव ४५ ग्राम ब्राउन सुगर, कोरेक्स ६७ बोतल, नाइट्राभेट ७९९ पीस, फेनारगन ३० एम्पुल, डाइजेल्याप ३३ एम्पुल, नुरफिन ३३ एम्पुल बरामद भएको पर्सा प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको यो तथ्यांकको ग्राफ डरलाग्दो मात्रै छैन, गम्भीर म्यासेज दिइरहेको छ । पर्साबाट प्रतिबन्धित लागु औषध कहाँ जाँदैछ, कसले प्रयोग गर्दैछ ? वा जिल्लामै प्रयोग भइरहेको छ ? यी प्रश्नहरु गम्भीर छन् । तर यसको जवाफ कुनै निकायसंग छैन ।

पर्सा प्रहरीले जिल्ला लागु औषधको हब नभइ प्रहरीको सक्रियताले धेरै परिमाणमा लागुऔषध बरामद भएको जनाइरहेको छ ।
पर्सा प्रहरी प्रवक्ता कुमार विक्रम थापाले पर्सामा प्रहरी नाकामा कडाइँ गरेपछि प्रतिबन्धित ट्याब्लेटस तथा लागु औषध गाँजा बरामद भइरहेको बताए । तर हब बनेको होइन,’ उनले भने । खुल्ला सीमाका कारण बढी लागु औषधी बरामद भइरहेको उनको प्रतिक्रिया छ ।


सम्बन्धित समाचार