Logo

१ जेठ,काठमाडौँ । सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने बताएका हुन् ।

सूचना प्रविधिलाई डिजिटल आधारको रूपमा लिइ सामाजिक आर्थिक रूपान्तरण गर्ने आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्ने प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गरिने राष्ट्रपतिले बताए ।

उनले भने,‘सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्ने प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गरिनेछ । काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त ठाउँहरूमा सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिने छ ।’

सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नको लागि प्रोत्साहनका कार्यक्रम ल्याउने भएको छ । अर्बौँ ऋण लगानीमा ठुला पूर्वाधार बनाए पनि सञ्चालन गर्न नसकेपछि थप प्रोत्साहनका कार्यक्रम ल्याउने घोषणा गरेको हो ।


सम्बन्धित समाचार