Logo

१ जेठ,काठमाडौं। रक्सौल–काठमाडौँ रेलमार्गको लगानी विधि निक्र्यौल गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

यसैगरी सरकारले जयनगर बर्दिबास रेलमार्गको विजेलपुरा बर्दिबास खण्ड तथा बथनाह विराटनगरको रेलमार्गको निर्माण कार्यलाई तीव्रता दिने भएको छ ।

‘पूर्व पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास चोचाह खण्डको निर्माण सम्पन्न गरिने, केरुङ काठमाडौँ रेलमार्गको सञ्चालन सम्भाव्यता अध्ययन शीघ्र सम्पन्न गरिने राष्ट्रपति पौडेलले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै जनाए ।


सम्बन्धित समाचार