Logo

१ जेठ,काठमाडौं । सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि खोप उत्पादन तथा नियन्त्रणको व्यवस्था मिलाउने घोषणा गरेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो घोषणा गरे ।

यसैगरी तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास गर्ने योजना सरकारको छ । हिमाली क्षेत्रमा भेडा, बाख्रा, च्याङ्ग्रा, चौरी लगायत पशुपालन एवम् चयाउ, ओखर जस्ता जडीबुटीको ठुला फार्म सञ्चालन गर्न हिमाल समृद्धि कार्यक्रम सञ्चालन हुने भएको छ ।


सम्बन्धित समाचार