Logo

१ जेठ,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले भारतीय रुपैँयासहित एक जना महिलालाई पक्राउ गरेको छ । भन्सार चेक प्वाईन्ट ईलाकाबाट प्रहरीले भारतीय रुपैँयासहित एक जना महिलालाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको झोलाबाट भारी परिमाणमा भारतीय रुपैँया बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट भारतीय रुपैँया ५०० दरको ३१० थान गरी १ लाख ५५ हजार रुपैँया बरामद भएको सशस्त्र प्रहरी पर्साका सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालले जनाए ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाइ गाउँपालिका निवासी एक महिला छिन् । प्रहरीले महिलाको नाम खुलाएको छैन । नगदसहित महिलालाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ ।

भन्सार छलीका सामान बरामद

सशस्त्र प्रहरीले ७ लाख भन्दा बढी मूल्यका भन्सार छलीका सामान समेत बरामद गरेको जनाएको छ । प्रहरीले ७ लाख २१ हजार ६९० मूल्य बराबरका भन्सार छलिका सामान बरामद गरेको हो ।

प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट तथा बाँसझ्याङ्ग ईलाकाबाट उक्त सामानहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरिक्षक धिमालले बताए ।

भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा किराना सामान, कस्मेटिक्स, लत्ताकपडा र मोटरपार्टस बरामद गरी आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाएको सशस्त्र प्रहरी पर्साले जनायो ।


सम्बन्धित समाचार