Logo

२ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९ करोड रुपियाँ खर्च गरेको हो । लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको हो ।

कार्यालयका अनुसार चैतसम्म लक्ष्यको ५८.२ प्रतिशत मात्र आम्दानी भएको हो । आम्दानी शीर्षकमध्ये सबैभन्दा धेरै राजस्व शीर्षकमा आठ खर्ब ३१ अर्ब ९३ करोड रुपियाँ सङ्कलन भएको छ । जसमध्ये कर शीर्षकतर्फ सात खर्ब ४६ अर्ब ८३ करोड रुपियाँ आम्दानी देखिएको छ भने गैरकरतर्फ ८५ अर्ब १० करोड रुपियाँ आम्दानी भएको छ ।

यसबाहेक सरकारले समीक्षा अवधिसम्म दुई अर्ब ७५ करोड रुपियाँ अनुदान र अन्य प्राप्तितर्फ २२ अर्ब ३३ करोड रुपियाँ आम्दानी गरेको छ ।

चालु आवमा सरकारले सार्वजनिक ऋणबाहेक १४ खर्ब ७२ अर्ब ४८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।
प्रकृति
प्रकृति अधिकारी
राष्ट्रिय योजना आयोगको १६ आवद्यिक योजना सार्वजनिक, के–के छन् लक्ष्य ?

आर्थिक वर्ष २०८५÷८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पु¥याउने गरी राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजना सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले स्वीकृत गरेको योजना आज राष्ट्रिय योजना आयोगले सार्वजनिक गरी प्रतिव्यक्ति आय बढ्ने जनाएको हो । आर्थिक वर्ष २०८५÷८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पु¥याउने लक्ष्य पनि आयोगले लिएको छ । २०८५÷८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य १६औं योजनाले लिएको छ ।

यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य छ । मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य १६ औं योजनाले लिएको हो । यस्तै औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पु¥याउँदा बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने १६औं योजनाको लक्ष्य छ ।

यस्तै विद्युत उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा पु¥याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पु¥याउने लक्ष्य लिएको छ । १६औं योजनामा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको छ । चालु आव ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान सार्वजनिक भइसकेको छ ।

आगामी आव २०८१/८२ मा ६ प्रतिशत, २०८२/८३ मा ६.६, २०८३/८४ मा ७.४, २०८४/८५ मा ७.९ र २०८५/८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य १६औं योजनाले लिएको छ ।


सम्बन्धित समाचार