Logo

४ जेठ, वीरगञ्ज । बिन्दवासिनी गाउँपालिकाले शैक्षिक क्यालेन्डर २०८१ सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८१ को शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलापको कार्यक्रमलाई समेटेर क्यालेण्डर विहीबार सार्वजनिक गरेको हो ।

सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारका लागि पालिकाले वार्षिक शैक्षिक क्यालेण्डर बनाएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बताए ।

क्यालेण्डरमा बार्षिक शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, पालिका स्तरीय कार्यक्रम र पालिका भित्रका विद्यालयको तस्वीर तथा विभिन्न शिक्षा सम्बन्धी जानकारी समेटिएको प्रमुख प्रशासकीय अधिकृत राकेश ओझले बताए ।

नयाँ शैक्षिक सत्र २०८१ को लागि शैक्षिक क्यालेन्डर ल्याउने बिन्दबासिनी गाउँपालिका पर्साको दोश्रो स्थानिय तह भएको छ । यसअघि वीरगंज महानगरपालिकाले शैक्षिक क्यालेण्डर सार्वजिक गरेको थियो ।

विद्यालयको कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप सञ्चालन गर्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्न सजिलो बनाउन क्यालेन्डर बनाइएको ओझाले बताए ।


सम्बन्धित समाचार