Logo

४ जेठ, वीरगञ्ज । भारतमा लोक सभा निर्वाचनका कारण जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिन बन्द रहने छ ।

भारत मधुवनी जिल्लाको मधुवनी संसदीय निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको कारण भोलि जेठ ५ देखि ७ गतेसम्म उक्त रेलसेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले बिहीबार एका सूचना जारी गर्दै शनिबारदेखि सोमबारसम्म रेलसेवा पूर्णरुपमा बन्द रहने बताउनुभयो ।

नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीले ७२ घण्टाका लागि इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार रेल सेवा तीन दिनका लागि बन्द हुनेछ । मङ्गलबार बिहानदेखि उक्त खण्डमा साबिकको समयअनुसार नियमित रेलसेवा सञ्चालन हुने जारी सूचनामा उल्लेख छ ।

यसअघि भारत मधुवनी जिल्ला झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा वैशाख २५ गते भएको लोकसभा चुनावका बेला पनि वैशाख २३ देखि २५ गतेसम्म जयनगर– जनकपुर–भङ्गहा रेलसेवा बन्द रहेको थियो।


सम्बन्धित समाचार