Logo

४ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेलाई सारिएको हो ।
यस अघि सत्ता पक्ष र विपक्षी दलहरू आआफ्नो रणनीति बनाउन व्यस्त रहेका छन् ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् । त्यस्तै नेपाली कांग्रेसले भने आफ्नो संसदीय दलको बैठक बसेको छ भने कांग्रेसले संसद्मा रहेका विपक्षी दलहरूसँग समेत छलफल गरेको छ ।


सम्बन्धित समाचार