Logo

४ जेठ, वीरगञ्ज । बाराको बरियारपुरमा हरेक पाँच बर्षमा लाग्ने विश्वप्रसिद्ध गढीमाई मेलाको भ्रामक प्रचारले भक्तजनहरुलाई झुक्याईदै छ ।

पाँच बर्षमा लाग्ने मेलाको अहिले स्थानीय तहको सरकारले कुनै पनि निर्णय नगरेपनि भ्रामक प्रचार हुन थालेपछि महानगढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले यसको खण्डन गरेका छन् । उनले भने, “मेलाको मिति तय भभएको छैन् । समाजिक सञ्जालमा भाईरल बनाइएका मिति आधिकारिक छैन ।”

प्रत्येक पाँच वर्षमा लाग्ने बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेलाको मंसिर १७ गते देखि शुरु हुने भनेर विभिन्न समाजिक सञ्जाल र केही अनलाईन सञ्चार माध्यममा आएका सामाग्रीमा विश्वास नगर्न उनले आग्रह गरे । उनले भने, ‘यो मेला १० दिनको हुँदै होईन । मेला त १ महिना सम्म नै लाग्छ ।’ मेला असोजबाट नै शुरु भई पौष मसान्त सम्म नै मेला लाग्ने हुँदा भाईरल भएका सामाग्रीमा मिति आधिकारिक नभएको मेयर यादवले पुष्टि गरे ।

तिथिको अनुसार बलि दिने मिति सहि भए पनि मेला शुरु हुने भने आधिकारिक छैन । सानोतिनो मेला ३ महिने नै रहन्छ तर मुल मेला १ महिने मंसिर १ गतेबाट मंसिर ३० गते सम्म नै लाग्ने हो । तर अहिले तिथि प्रति छलफल गरेर कुनै मिति तय नगरिएको उनको भनाई छ ।

उनले भने “विवाह जस्तै गढीमाई माताको मेलाको दिन उतारिन्छ, असारमा जब सिमाना बाँधिन्छ तब पुजारी, पण्डित र समदायमा बुद्धिजीवीहरु बसेर तिथिहरुमा सल्लाह गरिन्छ अनि चिठी बन्छ, उक्त चिठीमा हल्दी (बेसार) लगाईन्छ, त्यसपछि मितिको सूचना प्रवाह गरिने प्रचलन छ । तर अहिले कुनै किसिमको आधिकारिक मिति तय गरिएको छैन ।” समाजिक सञ्जालमा फैलाइएका मिति आधिकारिक मिति नभएको मेयर यादवको भनाई छ ।

मेयर यादवले आफ्रनो व्यक्तिगत समाजिक सञ्जाल लेखेका छन् :

गढीमाई नामले समाजिक सञ्जालमा विभिन्न फेक आईडी/पेज बनाइएका छन् जुन आधिकारिक छैन् र त्यसबाट भ्रम सृजना गरि राखिएको उनले बताए ।

रौतहटमा पनि गढीमाईको मन्दिर छ, त्यसलाई फोकस गरेर पनि समाजिक सञ्जालमा बोराको प्रसिद्ध गढीमाई मन्दिरको नाम जोडेर पनि भ्रामक सूचनाहरु समाजिक सञ्जालमा आईरहेका प्रति आफ्नो ध्यानाकर्षण भएको मेयर यादवले बताए । मेलाको पुवतयारीका विषयमा जेठ मसाान्त भित्रै बसेर छलफल गरिने जानकारी दिदै उनले भने “मिति तय गरि पत्रकार सम्मेलन गरि जानकारी गराईने छ ।” अघिल्लो वर्षमा पनि पत्रकार सम्मेलन मार्फत १ महिने मेलाको योजना सार्वजनिक गरिएको थियो ।

मेयर यादवसँग फोनमा गरिएको कुराकानी :

पु्जारी भन्छन् : तिथिको हिसाबले मेला प्रतिपदाबाट शुरु, दशमीको समापन हुन्छ । जसअनुसार भाईरल बनाईएका सामाग्रीमा १७ मंसिर प्रतिपदा, २५ मंसिर दशमी छ, जुन सही पनि छ । तर गढीमाईका पुजारी शिव बाबाले भने “मुल पुजाको मिति मंसिर १७ गतेबाट भए पनि मेला ३ महिने लाग्छ । असोजबाट नै मेला शुरु हुने हो । असोजबाट शुरु भएर मुल १ महिने मेला मंसिरबाट शुरु हुन्छ ।”

बाराको गढीमाई मंदिर, बली चढने शक्तिपिठको रुपमा विश्व प्रख्यात छ । सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ ।

पशु अधिकारकर्मीहरूले पशुबलि प्रथाको विरोध जनाउँदै आए पनि परम्परागत मान्यता र भाकल पूरा गराउन सर्वसाधारणले बलि दिने गरेका छन् ।

यसका लागि भारतबाट ठूलो संख्यामा भक्तजनहरू बलि दिन पशु लिएर आउँछन् । मुसा, परेवा, बोको, राँगो र खरायो गरी पाँच जन्तुलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन् ।


सम्बन्धित समाचार