Logo

४ जेठ,काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा बसेको प्रतिनिधि सभामा विपक्षी बेञ्चका बस्ने दलहरूको बैठकले तीन विषयमा साझा समझदारी बनाएका छन्।

विशेषगरी सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एउकजुट भएको नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले जानकारी दिए।

कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका प्रमुख नेताहरुसँग शुक्रबार (जेठ ४)मा संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो।

‘सहकारी रकम अपचलनबारे संसदीय छानवीन समिति बनाउनुपर्नेमा हामी एक मत छौँ,’ छलफलमका सहभागी कांग्रेस उपसभापति खड्काले भने, ‘यसमा बटम लाइन नै बनाउने समझदारी बनेको छ।’ विपक्षी दलबीच बनेको समझदारी सभामुखलाई जानकारी गराएको उनले बताए।

‘जुन तरिकाले संसद चल्यो, त्यसमा हामी विपक्षी दलहरुको असहमति रह्यो। सभामुखले त्यस्तो परिस्थिति निर्माण हुने गरी, रोष्ट्रममा गएको, सबै अपोजिसनका माननीयहरु खडा भएका बेलामा हाउसलाई जवर्जस्ती चलाउने जुन काम गर्नुभयो, त्यो बेठिक भयो, त्यो अनुचित रहेको कुरामा सहमत भइयो।’

उनले थपे, ‘यी सबै प्रक्रियामा हामी सबै एकैठाउँमा छौँ भन्ने सन्देश लिएर पाँचै दलको तर्फबाट सभामुखलाई जानकारी पनि गराइयो, भन्नुपर्ने कुरा पनि भनियो।’

 


सम्बन्धित समाचार