Logo

४ जेठ,वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सदनमा संसदीय मर्यादाविपरीत काम गरिरहेको बताएका छन् ।

पर्सा एमालेको ९ औं जिल्ला अधिवेशनबनट निर्वाचित पदाधिकारी तथा लेखा समिति र सदस्यहरुको लागि बीरगन्जमा आयोजित शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
कांग्रेसले बिहीबार सदनमा गरेको व्यवहार संसदीय मर्यादाविपरीत रहेको टिप्पणी गरेका छन् । उनका अनुसार कांग्रेस सरकार बाहिर रहेको हुनाले आफ्नो अमर्यादित व्यहार देखाएर आक्रोश पोखिरहेको छ ।

सभामुख सदन चलाउन खोज्दा कांग्रेसले प्रतिपक्षीको भूमिका भन्दा बाहिर गएर गतिविधिमा उत्रेको उनको भनाइ छ ।‘हिजो सदनमा भएको घटनाबारे कांग्रेसका गगन थापाले झुटको फण्डा अपनाएका छन्, झुट बोलेका छन् । त्यहाँ कांग्रेसले अन्य मन्त्रीहरुमाथि, सत्तापक्षका नेताहरुमाथि हातपात गर्ला जस्तो व्यवहार गरिरहेको थियो, अर्को साइडको कुनामा बसेका कांग्रेस नेताहरु मन्त्रीको चेनतर्फ आउन थाले, शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

भने,‘पछि हुलै उठेर मतिर आयो, त्यसपछि उत्ता जानुस मैले भने तर त्यो समूह पछि मसंगै झगडा गर्न खोज्यो, हल्ला खल्ला गर्‍यो ।’तर यो विषयमा गगन थापाले पत्रकार सम्मेलन गरेर एमाले अध्यक्षले सदनको वातावरण विगारेको झुटको आरोप लगाएको उनको टिप्पणी छ ।

सरकारबाट बाहिर रहेको पिडाको कुण्ठामा कांग्रेस आँफै रुमल्लिएको ओलीले बताउँछन् । ओलीले भने,‘ कांग्रेसले ‘खिसियाइल बिल्ली खम्बा नोचे’ कहावत झै संसदमा वितण्डा मच्चाइरहेको छ । खम्बा चिथोर्ने कुरा बिरालोलाई सुहाउँछ , तर कांग्रेसलाई सुहाउँदैन ।’

अब कांग्रेस नमाने हामीहरु जबरजस्ती संसद चलाउने छौं,’ उनले भने । उनी भन्छन्, ‘समय थोरै छ, १५ गते बजेट ल्याउनै पर्छ । त्यसकारण कांग्रेस मान्छ मान्छ, मान्दैन्, मान्दैन तर हामी संसद चलाउँछौं । बजेट ल्याउँछौं ।’
जिल्लामा एमालेमा गुटप्रति ओलीले निशाना साध्दै अब एमाले पार्टीमा अब गुटबन्दी नचल्नेपनि जिकीर गरे ।

ओलीले भने,‘ एमालेले मिसन ८४ को नारा लिएको छ, त्यसलाई सफल पार्नुछ । मिलेर अगाडि बढ्नुपर्ने हुन्छ विपक्षीसंग लड्ने बेलामा यदि पार्टीभत्र कसैले गुटबन्दी गर्यो भने त्यो बेठीक हो, त्यस्ता व्यक्तिलाई सिधै कारबाही हुन्छ ।’


सम्बन्धित समाचार