Logo

५ जेठ,वीरगञ्ज । सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रुहरु चढाउने यात्रुबाहक सवारी साधनलाई कारवाही गर्न सकेको छैन ।

पर्साबाट विभिन्न गन्तव्यमा जाने सार्वजनिक यातायातमा यात्रु र सामान खचाखच हुने गरेका छन् । यात्राका लागि जोखिम रहेका कच्चि सडकमा यात्रुको चाप बढी हुँदा सवारी साधनले क्षमताभन्दा दुई गुणा बढी यात्रु बोक्ने गरेको भएपनि ट्राफिक प्रहरी मुकदर्शक बन्ने गरेको पाईएको छ ।

ग्रामीण सडकमा गुड्ने यातायातका सवारी साधनहरुका चालक र सवारी धनीले मनपरी तरिकाले यात्रु बोक्दा दुर्घटनाको जोखिम उच्च रहने प्रहरी स्वयम् बताउने गर्छन् । तर, सडकमा ट्राफिक चेकजाँच भने फितलो देखिएको छ ।
यस्तै क्षमताभन्दा बढी यात्रुहरु तथा मालसामानले भरिएका सवारी साधनहरुमा यात्रा गर्दा असुरक्षित महसुस हुने स्थानीयको गुनासो छ । सार्वजनिक बसहरुमा सम्बिधत निकायको उपस्थति नहुदाँ यात्रु वाहक सवारी साधनले नै क्षमता भन्दा बढी यात्रु र मालसामान समेत ढुवानी गर्ने गरेका छन् ।

जिल्लामा सञ्चालन भइरहेका दर्जनौ यात्रु बाहक बसहरुले निर्वाध रुपमा क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका छन् । सिटभन्दा बढी यात्रु मात्रै होईन बसको छत (हुट) हरुमा समेत क्षमताभन्दा बढी सामान लोड गरेको पाईन्छ । पर्सामा चल्ने सार्वजनिक बसहरुमा ट्रान्सपोर्ट कम्पनीहरुबाट सामानहरु लोड गर्दै गन्तव्यमा ढुवानी गरेर पु¥याइने गरेको छ ।

जिल्ला स्थित ट्राफिक प्रहरी र अन्य सुरक्षा निकायलाई पनि आर्थिक प्रलोभनमा परेर सामानहरु ढुवानी गर्न दिने गरेको स्रोतले जनाएको छ ।यस्तै प्रहरीले भारतीय नम्बर प्लेटका सवारी चालकसँग भारी रकम असुल गरी छाड्ने र नेपाली नम्बर प्लेटका सवारी चालकहरुले रकम नदिए चेकजाँचको नाममा दुख मात्रै दिने गरेको आरोप लगाएका छन् ।

यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक एवम् इन्स्पेक्टर भाष्कर खतिवडाले लामो दुरीको सवारी साधनहरुमा क्षमताभन्दा बढी बढी चढाउन नदिने गरेको प्रतिक्रिया दिए । तर छोटो दुरीमा जाने सवारीहरुमा यात्रुहरुलाई भने केहि खुकुलो बनाएको उनले बताए ।

उनले भने, ‘टाढा टाढा जाने सवारीलाई क्षमताभन्दा बढी यात्रु तथा सामान लोड गरेको भेटिए निकाल्दीने गरेका छौँ, छोटो दुरीमा भने कहिलेँकाहीँ यात्रुहरुलाई व्यवहारिक रुपमा छोड्ने गरेका छौँ ।’ औधोगिक कोरिडोरमा अधिकांश यात्रुहरु उद्योगमा काम गर्न आउने भएकाले व्यवहारिक रुपले छोड्ने गरेको उनले जानकारी दिए ।

उनले भारतीय सवारी चालकसँग रकम असुलेर छोड्ने र नेपाली सवारी चालकलाई दुख दिएको भन्ने सरासर गलत रहेको जनाए ।


सम्बन्धित समाचार