Logo

५ जेठ,वीरगञ्ज । वीरगञ्जमा शुक्रबार (हिजो) साँझ नेविसंघका अध्यक्ष रमेश कुमार यादवसहितका नेताहरुलाई आक्रमण गर्ने माथि कारवाही गर्न नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले माग गरेको छ । नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले विज्ञप्ती जारी गर्दै कारवाहीको माग गरेका हुन् ।

मेयर राजेशमान सिंहविरुद्धको सरकारी कागज किर्ते मुद्दा तथा किर्ते नागरिकता मुद्दामा निष्पक्ष छानविन गर्न र सहकारी ठगीमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानविन समिति गठन गर्न नेपाल विद्यार्थी संघ पर्साले हिजो साँझ वीरगञ्जमा प्रदर्शन गरेको थियो ।

नेविसंघ गरेको शान्तिपूर्ण प्रदर्शनमा रुपेश मान सिंह नेतृत्वमा परिचालित अराजक व्यक्तिहरुको समूहले अवरोध गर्नुका साथै अध्यक्षसहित उपाध्यक्ष राहुल पटेल, महमद बरकत अली, कांग्रेस पर्साका जिल्ला सदस्य रामनिवास यादव र महमद नौसाद घाइते बनाएका छन् । सोही घटनाको घोर भत्र्सना गर्दै दोषीलाई तत्काल कारवाही गर्न कांग्रेस पर्साले यस्तो माग गरेको हो ।

लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्न पाउने संवैधानिक व्यवस्था रहेकोले कार्यक्रममा अवरोध पु¥याउन खोज्नु तथा व्यक्तिमाथि आक्रमण गरी घाइते बनाइएकोप्रति नेपाली कांग्रेस पर्साले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस पर्साले हिजो भएको घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासनसँग विज्ञप्तीमार्फत माग गरिएको छ ।


सम्बन्धित समाचार