Logo

५ जेठ,वीरगञ्ज । संघीय सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले नारायणए अस्पतालको विकासका लागि आगामी आर्थिक बर्षमा १ अर्ब रुपैंया बजेट प्रस्ताव गर्ने बताउनु भएको छ ।

मन्त्री यादवको स्वागतका लागि आज आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले वीरगन्जको नारायणी अस्पताल लगायत देशभरका अस्पताल विकासका आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । पार्टी विभाजको विषयमा बोल्दै मन्त्री यादवले उपेन्द्र यादवले पार्टीभित्र हैकमवादी प्रवृत्ति चलाउँदा जनता समाजवादी पार्टी (जसपा) नेपाल टुक्रिएको आरोप प्रष्टिकरण दिनुभयो ।

यादवको हैकमवादी बानीका कारण मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले काम गर्न नसकेको उहाँको भनाइ छ । उपेन्द्र यादवको पार्टीमा बसे गुलाम बन्नुपर्ने उल्लेख गर्नुहुदैँ स्वास्थ्यमन्त्री यादवले नयाँ पार्टी जसपामा आए सवै कार्यकर्तालाई समान व्यवहार गर्दै नेता बन्ने अवसर दिने दावी पनि गर्नुभयो ।

संविधान र कानुनले दिएको अधिकारको पालना गर्दै जसपा पार्टी गठन गरेकोले यसमा कुनै खतरामा नपर्ने उहाँको दाबी छ । कार्यक्रममा वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहले नारायणी अस्पतालको विकृती अन्त्यका लागि मन्त्री यादवलाई पहल गर्न आग्रह गर्नुभएको थियो । उहाँले प्रदीप यादव र राजेशमान सिंह एकठाउँमा रहँदा पनि वीरगन्जको नारायणी अस्पतालको सुधार हुन नसके अरु कसैले गर्न नसक्ने भन्दै मन्त्री यादवको ध्यानाकर्षण गराउनुभयो ।

मेयर सिंहको आग्रहलाई सम्बोधन गर्दै मन्त्री यादवले नारायणी अस्पतालको समस्या समाधानका लागि आफू लागि परेको दाबी गर्नुभयो । बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंहासन सा तेलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जसपा पर्साका प्रवक्ता उमेशलाल सहनीले गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार