Logo

आज बिहानको त कुरो हो । म मोबाइलमा टुप्लुक्क आइपुगेका ताजा सन्देशहरु खोतल्दै थिए । एउटा सन्देश भारतको जयपुरबाट शुभम् मित्तलले पठाएको रहेछ, “मेरा हजुरबा, सत्यनारायण मित्तल संसारिक चोलोबाट मुक्त भए ।” मुटुको स्पन्दन ह्व्वातै बढ्यो । पढ्दा कुनै त्रुटि भयो भनेर बारम्बार पढे, सन्देश जसको तस रह्यो, कुनै परिवर्तन भएन । स्व. मित्तलका साथ अन्तिम पटक फोन गफ हुँदाका कुराहरु स्मरणपटलमा ठोक्किन थाले । ‘दाज्यू, एकबार बीरगन्ज आ जाइए, आपकी याद बहुत आती है ।’ मैले यसो भन्दा उनले फर्काएका थिए, ‘मन तो मेरो भी बहुत है, किन्तु शरीर साथ नहीं दे रहा ।’

कसैले मसित असाध्यै मन मिल्ने साथीहरुमध्ये उमेरले सबैभन्दा पाका साथीबारे जान्न चाह्यो भने एक सेकेण्ड पनि खेर नजाने गरी मेरो जिब्रोले स्व. सत्यनारायण मित्तलको नाम उच्चारण गर्ने छ । उनीभन्दा झण्डै विस बर्ष जेठा थिए । गज्जबको संयोग, उनका भतिजः महेश बाल्यकालिन साथी, उनको भाइः स्व. भगवत्ति मित्तल तन्नेरी हुँदाका साथी र उनी स्वयम् प्रौढावस्थामा गोडा टेकेपछिका साथी । आजभन्दा सत्रह बर्षअगाडि म बीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष छँदा उनी उपाध्यक्ष थिए, त्यही बेलादेखि नै हो, उनी र मबीच प्रागढता थपिँदै गएको । उनका साथ काम गर्दा न उनको उमेरले, न उनको ब्यवहारले र न त उनको कार्यक्षमताले छेकबार लगायो । जे कामको जिम्मा पाउनु हुन्थे, पुरै दमखमका साथ फतेह गरिहाल्थे । कालान्तरमा उनका साथ देशविदेशका विभिन्न भ्रमणमा जाने अवसर पनि जुर्यो ।

भ्रमणको व्र   ममा उनको फोटो क्यामरामा कैद गर्दैगर्दा म बारम्बार उनलाई भनिराख्थे, “दाज्यू, थोडा मुस्कराइए ।” तर उनले जति प्रयास गरे पनि मैले अपेक्षा गरेअनुसार मुस्काउन सकेका थिएनन् । अन्तमा उनले आजित हुँदै फर्काए, “म विगत २० बर्षदेखि मुस्काएको छैन । आज एक्कासी मुस्काइदेउ, भन्छौ । मैले त काइदा पनि बिर्से । खै, कसरी मुस्काइन्छ ? सक्छौ भन्ने तिमी नै सिकाई देउ ।” उनको जवाफ सुनेर मेरो मन पनि निमोठियो । जुन बुढा पिताले आफ्नाे तन्नेरी छोरोलाई विस बर्षदेखि मृत्युसैयामा किस्ताकिस्तामा प्राण गुमाउँदै गरेको देख्दै आएका होउन्, अद्र्धाङ्गिनीले पनि कुबेलामै परलोकगमणमा हिडिदिएकी होउन्, लगतै विवाहित छोरी पनि मृगौला रोग लागेर मृत्युको ग्रास भएकी होउन, उनले मुस्काउने काइदा सम्झिराखुन् पनि कसरी ? स्व. मित्तल मेरा लागि खुल्ला किताबजस्तै थिए ।

उनले आफ्ना बाल्यकालीन कालखण्डदेखि बुढ्यौली अवस्थासम्मका कथाहरु सुनाइराख्थे । माईस्थान विद्यापीठ र त्रिजुद्ध स्कुलमा पढ्दै गर्दाका कथा, पठनपाठन सक्याएपछि जागिरमा लागेको कथा, जागिरे जीवनमा बटुलिएका सिप तथा अनुभवका कथा, जागिरे जीवनबाट आफ्नाे ब्यापारमा लागेको कथा, ब्यापारको व्रmममा नेपालका विभिन्न दुर्गम क्षेत्रमा पैदल नै पुगेका कथा, कतिपय ठाँउमा समान्य काठको फलेकको भरमा खोला तरेको कथा, ब्यापारमा समेत विभिन्न आरोहअवरोह भोग्नु परेका कथा, अनेक दुःख र कष्ट सहेर परिवार हुर्काएको कथा र विभिन्न शंकटका बावजुद आफ्नाे बाटो नविराएको कथा ।

उनले जानकारी गराए अनुसार, उनको बाल्यकालमा चार पैसाको एक आना हुन्थ्यो र चौसठी पैसाको एक रुपैया । दुई पैसामा पेट भर्ने गरी मुढी र चना, दुबै पाइन्थे । बाँकि दुई पैसामध्ये एक पैसाबाट रुचि अनुसारका फरकफरक खानेकुरो खरिद गर्थे, अन्तिम एक पैसालाई तिस दिनसम्म जोगाउँथे । त्यही जोगाइएका पैसाबाट किर्ति टाकिजमा सिनेमा हेर्न जान्थे । कतिपय बेला सिनेमा गएको कुरो घरसम्म पुग्थ्यो । अनि ठूलो दाइले दण्डसजाय दिनु हुन्थ्यो । आफ्नो विद्यार्थी जीवनमा एक आना पकेट खर्च पाउने गरेको उनको कथा सम्झिँदा मन अहिले पनि रोमाञ्चित हुन्छ । कारण हो, कालखण्ड फरक रहे पनि उनको यो कथाजस्तै रहेको थियो मेरो स्कुले जीवनको कथा पनि । खैर, आज उनकै मात्र कुरो गरौं । हरेक कथाको अन्तमा उनी एउटै कुरो दोहर्याउथे, “आज म जे जस्तो अवस्थामा छु, त्यसको श्रेय मेरा जेठा दाइ, गोविन्दरामज्यूलाई जान्छ ।” कसरी भनेर सोद्धा, उनले थपेका थिए, “मेरा दाइको किराना पसल थियो, आप्mनो पसल हुँदाहुँदै मैले जागिर किन खानु पर्यो, यही पसलमा बस्छु भनेर मैले जिद्दी गर्दा दाइले सम्झाएका थिए, केही बर्ष जागिर खाएपछि अनुशासनमा बसेर काम गर्ने काइदा सिक्ने छौ । कुनै अनुभव नै नबटुली सोझै आप्mनो दाइको पसलमा बस्न थालेपछि सम्बोधनको लागि साहु त हुने छौ ।

तर साहु बन्नुभन्दा अगाडि सिक्नु पर्ने गुणहरु हातबाट फुत्किने छन् । त्यति मात्र होइन, उनी मेरो सानोभन्दा सानो गल्ती केलाई मलाई सच्याउन सचेत गराइराख्थे । उनी मेरा दाइ मात्र होइनन्, असल मार्गदर्शक पनि थिए । उनी नभएका भए सायद म एक असफल मान्छेको कित्तामा उभिएको हुन्थे ।” श्रीमद्भगवद्गीतामा तीन किसिमका योगको चर्चा गरिएको छ, कर्मयोग, भक्तियोग र ज्ञानयोग । बिरलै मान्छेमा यी तिनै थरिका योगको समागम भएको हेर्न पाइन्छ । मेरो विचारमा स्व. मित्तलले तिनवटै योग स्वयम्भित्र अन्तर्भुक्त गरिसकेका थिए । कर्मयोगको विषयमा मैंले भन्नु नै परेन । जीवनको अन्तिम क्षणसम्म आप्ना काँलाई बिसाएनन् । अनेक संस्थामा नेतृत्वकारी भूमिका निर्वाह गर्दै अनेक समाजिक कार्यमा सव्रिय रहे । भक्तियोगको मामिलामा समेत उनी संसारिक उपलब्धीभन्दा पनि ईश्वरीय आर्शिवाद महत्वपुर्ण हुन्छ भन्ने मान्यता राख्थे । ‘हरेक जन्तुको अन्तस्करणमा ईश्वरको वास हुन्छ । कसलाई सताउनु हुन्न, कसैको श्राप लिनु हुन्न । चोर बाटो समातेर धन अथवा पद आर्जन गर्नु हुन्न । बाँचुन्जेल गरीब–दीनदुखीको सेवा गर्नु पर्छ । यस्तै सिद्धान्तमा आधारित थियो उनको जीवन ।’ क्या गज्जब ! संसारिक जिम्मेवारीको निर्वहन गर्दागर्दै ईश्वरीय बाटोमा हिड्नु, ईश्वरको आदेशलाई नविराउनु, यस श्रृष्टिका रचयीताप्रति सदैव कृतज्ञताको भाव राख्नु त हो, भक्तियोग ।”

अब कुरो गरौं, ज्ञानयोगको । यस विषयमा मैंले केही बोल्दा सूर्यलाई दियो हेराएजस्तो हुन्छ । अष्टावव्र र राजा जनकबीचको सम्वादलाई म यहाँ सम्झिन चाहन्छु । ज्ञान र मुक्तिको मार्गबारे राजा जनकले जिज्ञासा राख्दा अष्टावव्र सम्झाउँछन्, क्षमा, सरलता, दया र सत्यताजस्ता महाऔषधिलाई अमृत मानेर सेवन गर्नु नै ज्ञान र मुक्तिको मार्ग हो ।” विश्वव्यापी रुपमा ख्याति प्राप्त विभूतिहरुको भनाईलाई पैचोको रुपमा लिने हो भन विद्वता, सकारात्मक्ता, समर्पण र शालिनता, यी चार कुरोको समागम नहुन्जेलसम्म तपाईलाई ज्ञानयोग प्राप्त हुनै सक्दैन । समान्य पठनपाठन गरेका स्व. मित्तलज्युभित्र चारै तत्व उपलब्ध थिए । उनको विद्वताको मुल्यांकन संसारिक पठनपाठनबाट मात्र गर्ने हो भने ठूलो अन्याय हुनेछ । साहित्यीक, आध्यात्मीक र धार्मिक पुस्तकहरुको अध्ययन र चर्चापरिचर्चामा उनी उतिकै रुचि राख्थे । आज स्व. सत्यनारायण स्मृतिशेष भएका छन् । उनी बिगत केही बर्षदेखि आफ्ना नातिहरुसँगै जयपुरमा बस्दै आएका थिए । केही दिनअगाडि मात्र उनलाई मष्तिष्कघात भएको थियो । स्थिति संवेदनशील भएपनि स्वास्थमा बिस्तारै सुधार हुँदै छ भनेर सन्देश पाएको थिए । यसरी हटात् संसारै छोडेर जालान् भनेर मनले पत्याएको थिएन । तर, गर्ने के ? बिधीको विधानअगाडि कसको जोर चल्या छ र ? जे होस्, उनी परलोक यात्रामा हिडे पनि उनको एक सन्देश सदैव कानमा सुसाइरहन्छ, “बाटो सही समात्नोस्, ढिलोचाडो सही गन्तब्यमा आफसेआफ पुगिन्छ ।”


सम्बन्धित समाचार