Logo

६ जेठ,काठमाडौँ ।विश्वासको मतका लागि आज डाँकिएको सदनको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गर्न थालेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

सभामुखले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसका सांसदहरूले नाराबजाी गर्न थालेका थिए । कांग्रेस सांसदहरूलाई बस्न सभामुखले आग्रह गरेप ित्यो नसुनेर उनीहरू बेल घेर्न पुगेर नाराबाजी गरेका थिए । प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी गरिरहेपछि सभामुखले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण मनाउन अनुरोध गरेका थिए ।

तर पनि कांग्रेस सांसदहरुले बिरोध रोकेका थिएनन् । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।


सम्बन्धित समाचार