Logo

७ जेठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बाबजुद प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।

सदनबाट प्रधानमन्त्रीले १५७ जना सांसदको विश्वासको मत प्राप्त गरेको सभामुखले घोषणा गरेका थिए । उनको विपक्षमा शून्य मत परेको थियो भने मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ । सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।


सम्बन्धित समाचार