Logo

७ जेठ,बारा । भारत विहारसंग सीमासंग जोडिएका बाराका सीमानाका क्षेत्र २ दिनसम्म बन्द हुने भएको छ । बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा १२ जेठमा हुन लागेको लोक सभाको निर्वाचनलाई लक्षित गरी भारत विहारसँग जोडिएका बाराको सीमानाका बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै लोकसभा निर्वाचनका लागि जिल्लाको मटिअर्वा, कबहीगोठ, मुसहर्वा लगायतका सीमानाका बन्द रहने जानकारी गराएको छ ।

शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि गएको फागुन ५ गते बसेका सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठकको बैठकमा निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि भारतसँगको सीमासँग नाका जोडिएका जिल्लाहरुको सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार जिल्ला प्रशासन कार्यालय बाराले जेठ १० गतेदेखि १२ गतेसम्म सीमानाका बन्द रहने जानकारी गराएको छ ।

बिहारको पश्चिम चम्पारण, बेतियाले जिल्ला प्रशासन कार्यालय बारालाई पत्राचार गर्दै सीमा नाका बन्द गर्न अनुरोध गरेको थियो । सूचनामार्फत १० जेठको विहान ६ बजेदखि १२ गते बेलुकी ६ बजेसम्म रहने बताइएको छ । प्रशासनले ४८ घण्टाको लागि भारत विहारसँग जोडिएका बाराका सीमानाकाहरु बन्द रहने जानकारी दिएको छ ।

यसअघि हिजो जिल्ला प्रशासन कार्यालय पर्साले समेत विज्ञप्ती जारी गर्दै ४८ घण्टाका लागि सिमानाकाहरु बन्द गर्ने जनाएको थियो ।


सम्बन्धित समाचार