Logo

८ जेठ,महोत्तरी । १ सय किलोभन्दा बढी प्रतिबन्धित लागुऔषधसहित महोत्तरीबाट एक पक्राउ परेका छन् । १ सय ७ किलोग्राम लागुऔषध गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर १ निवासी २१ वर्षका चन्दन यादवलाई गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

औरही नगरपालिका– ८ टिम्कियाबाट बी.आर.३० ए.एच.२३८८ को भारतीय नम्बर प्लेटको कारलाई प्रहरीले रोकेर जाँच गरेको थियो । सोही क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त परिमाणमा लागुऔषध गाँजा बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनको साथबाट २० वटा पोकामा राखिएको अवस्थाबाट १०७ किलो ४८५ ग्राम गाँजा फेला पारेको प्रदेश प्रहरी कार्यालयका एसपी सुबास चन्द्र बोहराले जनाए ।
पक्राउ परेकामाथि जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।


सम्बन्धित समाचार