Logo

८ जेठ,काठमाडौं । कान्तिपुर मिडिया सञ्चालक कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धुनषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

दोहोरो नागरिकता काण्डमा दर्ता भएको मुद्दामा पक्राउ पुर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ । सिरोहियाले दुई वटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरी परेको थियो ।
तर धनुषा प्रहरीले पक्राउ पुर्जी जारी भएको बारेमा केही प्रतिक्रिया नदिने बताएको छ । प्रहरी प्रवक्ता रञ्जन अवाले सिरोहियाविरुद्ध मुद्दा प्रहरीमा दर्ता छ ।

उनका अनुसार त्यसबारेमा विभिन्न खाले प्रमाणहरु संकलन गर्ने कार्य भइरहेको छ । तर पक्राउ पुर्जी जारी भएको हो वा होइन त्यो बारेमा अहिले हामीलाई बोल्न नमिल्ने जनाए । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हुन् ।

यता धनुषा जिल्ला अदालतका कैलास प्रसाद भट्टराइले भने अदालतबाट प्रक्रिया अगाडि बढिसकेको जनाए । उनका अनुसार यसबारेमा सबै जानकारी दिन नमिले पनि अदालतबाट हुने प्रक्रिया भने अगाडि बढी सकेको छ ।
१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।


सम्बन्धित समाचार