Logo

८ जेठ,वीरगञ्ज । वीरगंजको रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव भएको छ । अत्याधिक गर्मीमा रक्तदान कम हुने र बिरामीहरुको चापले गर्दा रगतको आवश्यकता बढी हुने हुँदा रगतको चरम अभाव भएको रक्तसञ्चार केन्द्र वीरगन्जका राजन श्रीवास्तवले जनाए ।

अहिले रक्तसञ्चार केन्द्रमा सबै समूहको रगत अभाव भएको छ । उनका अनुसार बि पोजेटिभ, ओ पोजेटिभ, एबी पोजेटिभ, बी पोजेटिभ, एबी नेगेटिभ, बी नेगेटिभ, ओ नेगेटिभ, एबी नेगेटिभ लगायतका समूहको रगत रक्तसञ्चार केन्द्रमा अभाव भएको छ ।

केन्द्रबाट प्रत्येक दिन ६० देखि ८० पोकासम्म जाने गरेको छ । तर, रगत संकलन भने न्यून हुने गरेको छ । अस्पतालमा डाक्टर ताजा रगत लिएर आउन बिरामीका आफन्तहरुलाई भन्ने गरेको र रगतका विभिन्न तत्वहरु समेत माग्ने गर्दा समस्या हुने गरेको राजन श्रीवास्तवले बताए ।

चार पाँचजनाबाट रगत एउटा समूहको रगत संकलन हुने गरेको तर, एउटा बिरामी चारपाँच पोकासम्म माग भईरहेको श्रीवास्तवको भनाइ छ । रक्तदानका लागि दाता संस्थाहरुसँग समन्वय भइरहेको पनि श्रीवास्तवले बताए ।

आउने शनिबार तीन वटा संस्थाले वीरगन्जका विभिन्न स्थानमा रक्तदानको आयोजना गर्ने भएकोले रक्तदान गरेर सहयोग गर्न पनि आग्रह गरिएको छ ।


सम्बन्धित समाचार