Logo

८जेठ,वीरगञ्ज । वीरगञ्जको विकासको कथा समेटिएको भोजपुरी चलचित्र ‘मेयर सिंह’ को आज टेलर सार्वजनिक गरिएको छ ।

वीरगञ्जको त्रिमूर्ति हलमा आज पत्रकार सम्मेलन गरेर चलचित्रको टेलर सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्र मेयर सिंहका निर्माता शिव प्रसाद कुर्मीले चलचित्रको कथामा वीरगन्जको विकासको बारेमा देखाईएको छ ।

उहाँका अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु आएपछि भए गरेका विकासको बारेमा आमदर्शकहरुलाई देखाउने उद्देश्यले ‘मेयर सिंह’ चलचित्र निर्माण गरिएको हो । भोजपुरी भाषामा रहेको चलचित्र मेयर सिंहमा वीरगन्ज महानगरपालिकाका मेयर सिंहको व्यक्तिगत जीवनीको बारेमा कुनै कथा नरहेको कुर्मीले बताए ।

धेरैजसो वीरगञ्ज वरिपरि नै छायांकन गरिएको चलचित्रमा ३५ लाख रुपैंया लगानी रहेको कुर्मीले जनाए । चलचित्र मेयर सिंह छिट्टै प्रदशनीमा आउने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

कुर्मीकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नायक जितु जितेन्द्र, नायिका प्रिती आर्य, नेपाल पत्रकार महासघं पर्साका अध्यक्ष अनुप तिवारी, चलचित्र पत्रकार संघ पर्साका सचिव सूर्यनारायण बिक लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनको सहजीकरण सञ्चारकर्मी निलिमा पौडेलले गरेकी थिइन् ।


सम्बन्धित समाचार