९ जेठ,धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियामाथि अनुसन्धान गर्न धनुषा अदालतले तीन दिनको म्याद थप गरेको छ ।
जिल्ला अदालत धनुषाले आज सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको धनुषा अदालतले जनाएको छ ।
धनुषा प्रहरीमा दर्ता मुद्दामा अनुसन्धान गर्न प्रहरीले ५ दिनको म्याद माग गरेको थियो । तर एक नम्बर न्यायाधीस चुडामन खड्काको इजलासले सिरोहियालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान तीन दिनको म्याद थप गरेको जिल्ला अदालत धनुषाका श्रेस्तेदार कैलास प्रसाद भट्टराइले जनाए ।