Logo

९ जेठ,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयको मालसामानको लिलाम हुने भएको छ । भन्सार विभागले सिर्सियास्थित सुख्खा भन्सार कार्यालयको सुपारीसहित विभिन्न सामानको लिलाम बिक्री खुल्ला गरेको हो ।

विभागले तीन लाख २५ हजार ३१० किलोग्राम सुपारी सहित विभिन्न मालसामानको लिलाम बिक्री खुल्ला गरेको हो । १ सय १४ प्रकारका सामानको लिलाम बिक्रीका लागि भन्सार विभागले सिलबन्दी दरभाउ माग गरेको छ ।

आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै विभागले बिक्रीका लागि वाइन, भोड्का, लुब्रिकेन्ट, पोस्ता दाना, मुसुरीको दाल लगायतका सामानको सिलबन्दी दरभाउ माग गरेको छ ।  सुख्खा बन्दरगाह भन्सारबाट बिक्री हुने गरी सामाग्रीहरूको न्यूनतम मूल्यसमेत तोकेर दरभाउ माग गरेको हो ।


सम्बन्धित समाचार