Logo

१० जेठ, बारा । यातायात क्षेत्रको श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न र प्रहरी प्रशासनको अमर्यादित ब्यवहार रोकन माग गर्दै यातायात मजदुर संघले बारा र पर्सा जिल्लाका सरोकारवाला निकायहरुलाई ज्ञापन पत्र बुझाएको छ ।

अखिल नेपाल यातायात मजदुर संघ बाराका अध्यक्ष खड्ग राज तमाङ्गको नेतृत्वमा गएको मजदुरहरुको टोलिले जीतपुरसिमरा उपमहानगरपालिका ,जिल्ला प्रशासन कार्यालय बारा ,जिल्ला प्रशासन कार्यालय पर्सा ,ईलाका प्रशासन कार्यालय सिमरा ,परवानीपुर गाउँपालिका ,उद्योग बाणिज्य संघ बिरगंज र प्रसौनी गाउँपालिकालाई आफनो मागप्रती ध्यानआकर्षण गर्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा यातायात श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने ,ई रिक्सा ,ई भ्यान ,अटो र साना तिन चिक्के सवारी साधनको दर्ता पालिकामा नै गर्ने ब्यवस्था मिलाउँनुपर्ने ,बिरगंज पथलैया करिडोरमा ट्रक लगायत सवारीसाधनको पार्किङ्गको ब्यवस्था मिलाउँनुपर्ने , कबाडी करको दर घटाई एउटा साहयक मार्गमा तिरेपछि अर्को मार्गमा तिर्न नपर्ने ब्यवस्था गर्नुपर्ने ,भारतीय गाडि क्षमता भन्दा बढी बोक्दा कार्बाही गर्नुपर्ने ,तौल काटा सञ्चालन गनुृपर्ने ,सवारी ज्यान मुद्धामा श्रमिक जेल जानुपर्ने ब्यवस्थाको अनत्य गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।

ज्ञापनपत्र बुझाउँने कार्यक्रममा मजदुर नेता अर्जुन चिमरिया र बेनि तिमल्सिनाको बिशेष उपस्थित रहेको थियो ।


सम्बन्धित समाचार