Logo

१० जेठ,वीरगञ्ज । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसंग जोडिएका पर्सा र बाराका सीमानाका आजदेखि २ दिनसम्म बन्द रहनेछ ।

विहार राज्यको पश्चिमी चम्पारणमा २ पछाडि भोट हुन लागेको लोकसभाको चुनावलाई लक्षित गर्दै मधेश प्रदेशसंग जोडिएका सीमा नाका ४८ घण्टासम्म बन्द रहने जनाइएकोे छ । जिल्ला प्रशासन कार्यालय पर्सा र बारा प्रशासन कार्यालयले विहारसंग जोडिएका सीमा नाकाहरु बन्द रहनेछ सूचना जारी भइसकेको छ ।

निर्वाचन शान्तिपूर्ण र भयरहित ढंगले सम्पन्न गर्नका लागि ५ फागुनमा बसेको सुरक्षा समितिको बैठकलले विहारसंग सीमा जोडिएका नाकाहरु ४८ घण्टा बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम पर्सा, बारासहित विहारको पश्चिमी चम्पारणसंग जोडिएका सीमा नाकाहरु बन्द गर्न लागिएको पर्साका सिडिओ दिनशे सागर भुसालले जानकारी दिए ।

यता बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले भारतीय समकक्षी प्रशासकले गरेको पत्राचारअनुसार १० जेठ बिहान ६ बजेदेखि १२ जेठ बेलुकी ६ सम्मको लागि सीमा नाका बन्द रहने जानकारी दिए ।

हुन लागेको लोकसभा चुनावको लागि बारास्थित ६२ किमी लामो खुला सीमा नाका ४८ घण्टाका लागि बन्द रहनेछ भने पर्साका १०७ किलोमिटर लामो नाका पनि सोही अवधिसम्म बन्द रहनेछ । पश्चिमी चम्पारणका जिल्लामा यही १२ जेठ (२५ मे) मा लोकसभाको मतदान हुँदैछ ।


सम्बन्धित समाचार