Logo

१० जेठ, सेढवा । पर्साको ठोरी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठोरी गाउँपालिका वडा नं. २ मा १५ शय्याको साढे दुई तल्ले अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणका पुगेको हो ।

अस्पताल निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले बताए । भवनको रंगरोगन तथा बिजुली वाइरिङ्गको काम बाँकी रहेको उनले जनाए ।

संघीय सरकारले अस्पताल निर्माणको रकम निकासा नगर्दा निर्माण कार्यमा ढिलाइ भएको उनले बताए । ठेकेदार कम्पनीलाई करिब दुई करोड रुपैया भुक्तानी गर्न बाँकी रहेको र समयमा रकम भुक्तानी गर्न सकिए महिनादिन भित्रै कार्य सम्पन्न अधिकृत कुशवाहाले बताए ।

यता जिराभवानी गाँउपालिका वडा नम्बर २ सेढवामा १० शैयाका अस्पतालको भवनको निर्माण कार्य २० प्रतिशत मात्र भएको छ ।
यसअघि सरकारको योजना अनुरुप पर्साको पटेर्वासुगौली गाँउपालिकामा १० शैयाको सुबिधा सम्पन्न अस्पतालको निर्माण कार्य सम्पन्न भइसकेको छ । गाँउपालिकाको वडा नं.४ दाप सुगौलीमा अस्पतालको भवन मिलिनियम÷ सागर जे भी कम्पनीले निर्माण कार्य सम्पन्न गरेको हो ।

कम्पनीले ७ करोड १० लाख रुपैँयामा ठेक्का सकार गरी २०७९ जेठ १५ गते सम्झौता गरेका र २ बर्ष भित्र कार्य सम्पन्न गर्ने सम्झौता भएका पटेर्वासुगौली गाउँपालिकाको कार्यालयले जनाएको छ । अस्पताल भवनमा बिरामीको चेकजाच, बिरामी र कुरुवाको बस्ने स्थान, पैथजोजी, एक्सरे, औषधी बितरण शाखा तथा सवारी साधनको पार्किंग लगायतको सुबिधा रहेका छन् ।

संघिय सरकारले पहिलो चरणमा पर्साको पटेर्वासुगौली, ठोरी र जिराभवानी गाउँपालिकामा क्रमशः १०÷१५÷१० शैयाको अस्पताल निर्माण गर्ने योजना ल्याएको हो ।


सम्बन्धित समाचार