Logo

११ जेठ, बारा । नेपाल मोबाइल व्यवसायी संघ, बारा जिल्ला कमिटी गठन गरेको छ । मोबाइल खरिद बिक्रीको कारोवार गर्दै आएका व्यवसायीहरुको सिमरामा भएको भेलाले होटल श्रेष्ठ रेसिडेन्सीमा सम्पन्न भेलाले जीवन शर्मा पौडेलको अध्यक्षमा १४ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा गणेशप्रसाद साह, महासचिवमा श्रीराम पौडेल, सचिवमा रितेश सर्राफ, कोषाध्यक्षमा राजन तिमिल्सिना, सहकोषाध्यक्षमा सोनुकुमार शर्मा चयन भएका छन् ।

यसैगरी सदस्यमा सोनु सर्राफ, अर्जुन गुप्ता, राधा खत्री, विकास साह, बब्लु अंसारी, सञ्जय चौधरी, शिव न्यौपाने र उत्तम चौधरीलाई चयन गरिएको छ ।

नेपाल मोबाइल व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष एवम् सिमरास्थित सुरक्षा मोबाइलका संचालक मोहन कार्कीको अध्यक्षता तथा केन्द्रीय सदस्य दिनेश लामाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।


सम्बन्धित समाचार