Logo

११ जेठ,धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई थप तीन दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सिरोहियालाई प्रहरी हिरासतमा राख्न जिल्ला अदालत धनुषाले दोस्रोपटक तीन दिनको म्याद थप गरेको हो । जिल्ला अदालतका ५ नम्बर न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेका हुन । सिरोहियाको तर्फबाट आज ७ जना वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय सिरोहियालाई प्रहरी हिरासतमा राखेर ५ दिनको म्याद थप गर्न सिफारिस गरेकोमा न्यायाधीश खड्काको इजलासले दोस्रोपटक ३ दिनको म्याद थप गरेको अदालतका श्रेस्तेदार कैलास प्रसाद भट्टराइले जनाए ।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेपछि सोही बमोजिम दोस्रो पटक म्याद थप भएको हो ।


सम्बन्धित समाचार