Logo

१२ जेठ, वीरगञ्ज । पर्साको पटेर्वासुगौलीमा सुरक्षा व्यवस्था सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको आयोजनामा प्रहरी कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाको ग्रामीण क्षेत्रमा शान्ति सुरक्षाको अवस्था अझ सुदृढ बनाउन लगायतबारे प्रहरी र नागरिकबिच छलफल भएको थियो ।

कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासिन्दाले गाउँघरका किशोर तथा युवाहरु लागू औषधको कूलतमा फस्दै गएको बताउँदै यसकारण ग्रामीण भेगको शान्ति सुरक्षामा चुनौती थपिएको बताएका छन् । उनीहरुले गाउँघरमा प्रहरी गस्ती बढाउन, बिना हेल्मेट मोटरसाईकल चलाउनेलाई कारवाही गर्न र प्रहरी चेकजाँचका नाममा आम नागरिकलाई दुख दिने तथा भेदभाव गर्ने कार्य बन्द गराउन सुझाव दिएका छन् ।

प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले आफ्नो ईलाका अन्तर्गतका गाउँघरमा शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए । अपराध समाजभित्रै हुने तथा पिडक र पीडित समेत समाजमै हुने भएकाले अपराध न्यूनीकरणमा प्रहरीलाई सहयोग गर्न उनले आग्रह गरे । कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, शिक्षक लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार