Logo

१२ जेठ, सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ कंकाली मन्दिरको प्रारङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वीरगन्ज दृष्टि आँखा अस्पतालको सहयोग तथा कंकाली मन्दिर ब्यवस्थापन समिती सिम्रौनगढको आयोजनामा शिविर सम्पन्न भएको हो ।

डाक्टर हरिशर्माको नेतृत्वमा आएका ४ जनाको टोलीले सेवाग्राहीको आँखा, कान, नाक र घाटीको चेकँजाच गरी निशुल्क औषधी वितरण गरेका थिए ।

शिविरबाट ३५६ जना महिला तथा पुरुषले लाभ लिएका छन् । शिविरमा सबैभन्दा बढीले आँखा जाँच गराएको कन्काली मन्दिर ब्यवस्थापन समितिको अध्यक्ष राजेश प्रजापतीले बताए ।


सम्बन्धित समाचार