Logo

१३ जेठ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले हातहतियार राख्नलाई प्राप्त गरेका ईजाजतपत्र नविकरण गर्ने सूचना जारी गरेको छ ।

ईजाजत प्राप्त व्यक्ति वा संस्थाहरुले धेरै समय देखि नविकरण नगराएको अभिलेखमा भेटिएको हुँदा कार्यालयमा स्वयम उपस्थित भई नविकरण गराउन जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरेको हो ।

ईजाजत पत्र नविकरण गर्न आउँदा  साथमा हातहतियार लिएर आउन अनिवार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उत्तम कुमार घिमिरेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

यसैगरी ५ वर्षभन्दा बढी समय देखि नविकरण नभएका सबै हातहतियार, खरखजाना, इजाजतपत्र   जिल्ला प्रहरी कार्यालय वा नजिकका  ईलाका प्रहरी कार्यालयमा अनिवार्य बुझाउन सूचनामा भनिएको छ ।

हतियार राख्ने लाईसेन्स (ईजाजतपत्र) को नविकरण समयमा नगराए वा बुभाउनुपर्ने हातहतियार नबुझाए प्रचलित कानुन बमोजिम कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

 


सम्बन्धित समाचार