
१४ जेठ, वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय भोलि मंगलबार देखि शुक्रबार सम्म बन्द भएको छ ।
विगत ४ दिन देखि लगातार वीरगञ्जको तापक्रम बढेर अत्यधिक गर्मी र तातो हावा चल्न थालेको छ। स्कुलका बालबालिकाहरु बेहोश हुन थालेको जानकारी आएपछि वीरगन्ज महानगरपालिकाले मंगलबार देखि शुक्रबार सम्म महानगर अन्तर्गतका सबै विद्यालय बन्द गरेको छ ।
गर्मीले विद्यालयका बालबालिकाको स्वास्थयमा पर्ने नकारात्मक प्रभावको मध्यनजर गर्दै महानगर अन्तर्गतका सबै सामुदायीक तथा संस्थागत विद्यायल बन्द गरिएको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहका प्रेस सल्लाहकारले जानकारी दिए । भोलि मंगलबार गणतन्त्र दिवस परेको कारण सार्वजनिक नै छ । जेठ १६ गते देखि १८ गते शुक्रबार सम्म विद्यालय बन्द रहने जानकारी वीरगञ्ज महानगरले दिएको छ ।
यो पनि पढ्नुहोस् :
तराईमा अत्याधिक गर्मी, रौतहटमा एकको मृत्यु, वीरगन्जका स्कुले विद्यार्थी बेहोश हुन थाले