Logo

१५ जेठ, वीरगञ्ज । १७ औं गणतन्त्र दिवसको अवसरमा वीरगञ्जका धार्मिक स्थल पशुपति मन्दिर परिसरमा वृक्षरोपण तथा सरसफाई गरिएको छ ।

डिभिजन वन कार्यालय वीरगन्जको आयोजनामा वीरगन्ज महानगरपालिका वडा नम्वर १४ चिनिमिल पिपरा स्थित पशुपति मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाइ गरिएको हो ।

मन्दिर परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी नेपालले सरसफाइ गरेका थिए ।

वृक्षरोपण कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी उत्तम कुमार घिमिरे, नेपाली सेनाका प्रमुख सेनानी डामण्ड कार्की, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा वृक्षरोपण गरिएको हो ।

त्यसअघि बहुअरी स्थित मस्जिदमा सरसफाइ गरिएको थियो ।


सम्बन्धित समाचार