Logo

१५ जेठ,काठमाडौं । सरकारको अनुरोधमा संयुक्त सदनमा प्रस्तुत हुने बजेट भाषणको कार्यक्रम दुई घण्टा पछाडि सारिएको छ । यस अघि संसदको संयुक्त सदनमा आज दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कार्यक्रम थियो ।
तर सरकारको अनुरोधमा सदनको बैठक दुई पछिलाई सारेर ३ बजे बोलाइएको जानकारी सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । दलहरूबीच सहकारी प्रकरणको छानबिनको लागि संसदीय छानबिन समिति गठनको लागि होमवर्क गर्नेसहित काम बाँकी भएकोले बजेट प्रस्तुत हुने संयुक्त कार्यक्रम सारिएको बुझिएको छ ।

आजै ११ बजे कार्यदलको बैठक बसेर छानबिन समिति गठनको कार्यादेश टुंग्याउने सहमति भएको थियो । तर अझै पनि कार्यदललाई केही समय लाग्ने भएपछि संसद् बैठक नै सारिएको हो ।


सम्बन्धित समाचार