Logo

१५ जेठ,काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्न स्वास्थ्यमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री यादवले वीर अस्पतालको अनुगमनको क्रममा आकस्मिक कक्षलाई सर्जिकल भवनमा सार्न निर्देशन दिएका हुन् ।

आकस्मिक कक्षमा बिरामीले भोग्नुपरेको सास्तीलाई सहजीकरण गर्न मन्त्री यादवले एक महिनाभित्र सार्ने निर्देशन दिएको न्याम्सले जनाएको छ । वीरको आकस्मिक कक्षमा ४५ बेड छन् । तर दैनिक १५० जनासम्म बिरामी सेवाका लागि आउने गरेका छन् ।

गम्भीर अवस्थामा पुगेका बिरामीका लागि छिटो र गुणस्तरीय सेवा दिन अस्पतालका आकस्मिक कक्षको आफ्नै मापदण्ड हुन्छ । तर गुणस्तरीय सेवा दिन बनेका वीरको आकस्मिक कक्ष भने आफैँमा अस्तव्यस्त अवस्था छ ।


सम्बन्धित समाचार